२०८३ कार्तिक २९

नेशनल प्याब्सनको पुर्ब प्राथमिक शिक्षक तालिम सम्पन्न

नेशनल प्याब्सन काठमाडौ जिल्ला समिति तालिम बिभागबाट पुर्ब प्राथमिक तहको शिक्षक तालिम आयोजना भयो । उक्त कार्यक्रमको उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डब हमालको प्रमुख आतिथ्यतामा ग्यालेक्सी पब्लिक स्कुलको सभाहलमा आयोजना भयो।


Advertisement


नेपालको राजधानी काठमाडौको ७० बिध्यालयका २५७ जना शिक्षकहरुको सहभागितामा स्मार्ट माईण्डका प्रमुख परशुराम एस निरौलाले एक्काइसौं शताब्दीमा कक्षा कोठामा बिध्यार्थीहरुको रुचिलाई सम्बोधन हुने किसिमको प्रभाबकारी शिक्षण सिकाई बिधि केन्द्रित तालिम प्रदान गर्नुभयो । ५ पाँच घण्टा सम्म संचालन भएको तालिमका २५७ जना शिक्षकहरुलाई समापन समारोहका प्रमुख अतिथि नेशनल प्याब्सन केन्द्रिय समितिका सह अध्यक्ष सुबास न्यौपानेले प्रमाण पत्र बितरण गर्नुभयो । तालिम बिभाग प्रमुख तथा नेशनल प्याब्सन काठमाण्डौका उपाध्यक्ष होम बहादुर ( मनोज) का अनुसार नेशनल प्याब्सन काठमाडौले गत तीन बर्षको अबधिमा तीन हजार शिक्षकहरुलाई यस्तै किसिमको तालिम प्रदान गरेको र यस्तो किसिमको तालिमलाई अझै प्रभाबकारी रुपमा संचालन गर्ने कुरा बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा अतिथिहरुले शिक्षण सिकाईमा तालिमको महत्त्व र शिक्षकहरुको भुमिका बारे प्रष्ट पार्नुभयो।तालिम कार्यक्रम जिल्ला समितिका अध्यक्ष खडक बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भयो ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap