२०८३ कार्तिक ३०

धनगढीमा स्वतन्त्र उमेदवार हमाल ८,२९२ मतले अगाडि

काठमाडौं । धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार गोपाल हमालले १६ हजार ४१५ मत प्राप्त गरेका छन् । ३५ हजार ८९४ मतगणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार नृपबहादुर वडले ८ हजार १२३ मत ल्याएका छन् ।


Advertisement


उनीहरूबीच ८ हजार २९२ मतको फरक छ ।

त्यसैगरी एमालेका रणबहादुर चन्दले तीन हजार ७७४ मत पाएका छन् । 

उपमेयरमा गठबन्धनको तर्फबाट माओवादीकी शान्ति अधिकारीले ७ हजार ४५७ मत प्राप्त गरेकी छन् । एमालेकी कन्दकला रानाले ६ हजार ६१७ मत ल्याउँदा स्वतन्त्र उमेदवार प्रभाकर भण्डारीले ४ हजार १५४ मत पाएका छन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap