२०८२ मंसिर २२

युनाइटेडको सहज जित

काठमाडौं । अन्तरिम प्रशिक्षक राल्फ राङ्कनिकको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले सोमबार राति घरेलु मैदानमा अन्तिम खेल खेल्यो । त्यसमा युनाइटेडले ब्रेन्टफोर्डमाथि ३–० को विजय हासिल गर्‍यो ।


Advertisement


युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलबाट नवौँ मिनेटमा अग्रता लिएको थियो । ६१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा युनाइटेडको अग्रता दोब्बर बनाए । त्यसअघि, ४४औँ मिनेटमा रोनाल्डोले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो ।

७२औँ मिनेटमा राफेल भरानेले अर्को गोल थपेपछि युनाइटेडले तीन अंक पक्का गर्‍यो ।

जितसँगै युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ३६ खेलबाट ५८ अंक जोडेको छ । युनाइटेड छैटौँ स्थानमा छ । त्यो चौथो स्थानको अर्सनलभन्दा पाँच अंकले पछाडि हो भने पाँचौँ स्थानको टोटनहमभन्दा तीन अंकले पछाडि हो । तर, युनाइटेडले दुई खेल बढी खेलेको छ । ब्रेन्टफोर्ड ४० अंकसहित १४औँ स्थानमा छ ।

Copy link
Powered by Social Snap