२०८३ कार्तिक १४

गणेशमान सिंह रोड रेस : गोपीचन्द्र र राजपुरालाई उपाधि

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले शनिबार वीर गणेशमानसिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् । 

वीर गणेशमानसिंह फाउन्डेसन स्पोर्ट्स कमिटीले आयोजना गरेको प्रतियोगितामा गोपीचन्द्रले दश किलोमिटर रोड रेसमा पुरुषतर्फको उपाधि जितेका हुन् । गोपीचन्द्रले निर्धारित दुरी ३१ मिनेट ११.४ सकेन्डमा पार गरेका थिए । गोपीचन्द्रले यसअघि आफैंले बनाएको कीर्तिमान तोडेका हुन् । गोपीचन्द्रको नाममा ३१ मिनेट ४४.४९ सेकेन्डको कीर्तिमान थियो । 


Advertisement


त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी दोस्रो भए । उनले ३१ मिनेट १५.२ सेकेन्डमा दुरी पार गरेका हुन् । ३१ मिनेट २०.४ सेकेन्डमा निर्धारित दुरी पार गरेका त्रिभुवन आर्मीकै राजन रोकाया तेस्रो भए । 

महिलतर्फ कीर्तिमानसहित पहिलो स्थान हासिल गर्न सफल राजपुराले निर्धारित दूरी ३७ मिनेट १०.५ सेकेन्डमा पूरा गरिन् । महिलातर्फ यसअघि सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३.४५ सेकन्डको कीर्तमान थियो । एपीएफकी पुष्पा भण्डारी दोस्रो भइन् । उनले ३८ मिनेट ०४.३ सेकेन्डमा दुरी पूरा गरेकी हुन् । एपीएफकै विन्द्रा श्रेष्ठले ४० मिनेट २८.९५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गरिन् । 

No description available.
No description available.

१० किलोमिटरतर्फका विजेताले नगद ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे । नयाँ कीर्तिमान बनाएका गोपी र राजपुरालाई जनही थप १० हजार रुपैयाँ प्राप्त गरे । चौथो हुनेले १० हजार र पाँचौँ हुनेले पाँच हजार रुपैयाँ पुरस्कार जिते ।  अनिस थापामगर चौथो र त्रिभुवन आर्मीका गजेन्द्र राई पाँचौं भए । 

दौड दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भएर रत्नपार्क, भद्रकाली, सहिदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, नारायणहिटी दरबारको दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, नेपाल प्रहरी हेडक्वार्टरको दक्षिण गेट, गैरीधारा, नारायणहिटी दरबार उत्तरपूर्व मोड, नागपोखरी, जयनेपाल सिनेमा घर हुँदै पुनः शेर्पा मल आएर समापन भएको थियो । 

त्यस्तै, पाँच किलोमिटरतर्फ त्रिभुवन आर्मीका मुकेश पाल र एपीएफकी फुलमती रानाले उपाधि जिते । पुरुषतर्फ मुकेशले निर्धारित दुरी १४ मिनेट ३३.८८ सेकेन्डमा पूरा गरेका थिए । सन्तोषविक्रम विष्टले दोस्रो स्थान हासिल गरे । उनले १४ मिनेट ५९.८६ सेकेन्डमा दुरी पार गरेका थिए । त्रिभुवन आर्मीका सुवाष कार्की १५ मिनेट १४.०२ सेकेन्डमा पूरा गरेर तेस्रो भए ।

पाँच किलोमितर महिलातर्फकी विजेता फुलमतीले १७ मिनेट ४२.३१ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । त्यस्तै, दोस्रो स्थान हासिल गरेकी त्रिभुवन आर्मीकी निर्मला केसीले १८ मिनेट १५.३४ सेकेन्डमा दुरी पार गरेकी थिइन् । त्रिभुवन आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट २३.९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भइन् ।

No description available.

पाँच किलोमिटरतर्फ विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ७ सात हजार रुपैयाँ प्राप्त गरे । चौथो हुनेले पाँच हजार र पाँचौँ हुनेले तीन हजार रुपैयाँ नगद पुरस्कार जिते । प्रतियोगितामा छैटौँदेखि दशौँ स्थान हासिल गर्नेले गिफ्ट ह्याम्पर प्राप्त गरे । 

यस संस्करणबाट थप गरिएको विधा पाँच किलोमिटर दौड पनि दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भई रत्नपार्क, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, भोटाहिटी, जमल, नारायणहिटी दरबार दक्षिण गेट हुँदै पुनः शेर्पा मलमा पुगेर सम्पन्न भएको थियो ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap