२०८३ कार्तिक १४

अल्मुताइरीले बोलाए १७ नयाँ खेलाडी, छाडेका खेलाडीसँग सम्झौता नगर्ने संकेत !

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीहरूको विषयमा कुनै सम्झौता नगर्ने संकेत दिएका छन् । उनले शुक्रबार १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । 


Advertisement


रोहित चन्दसहित मंगलबार राति राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले होटल छाडेका थिए । दस खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीको अन्डरमा आफूहरू खेल्न नसक्ने बताएका थिए । त्यसको भोलिपल्ट मुख्य प्रशिक्षक अल्मुताइरीले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

नेपाल एएफसी एसियन कप २०२३ छनोटको तयारी छ । नेपालले छनोट प्रतियोगितामा जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध खेल्नेछ । त्यसअघि नेपालले जेठ ११ र १५ गते कतारमा अफगानिस्तानविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै छ । 

अल्मुताइरीले बन्द प्रशिक्षणमा बोलाएका खेलाडीहरू :
विकेश कुथु (गोलकिपर), विशाल सुनार (गोलकिपर), अभिषेक बराल (गोलकिपर), आकाश बुढामगर, आशिष चौधरी, विकाश तमाङ, जर्ज प्रिन्स कार्की, मनिष मगर, निरकुमार राई, राजन गुरुङ, रोशन रानामगर, रूपबहादुर लामा, सन्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ र सुशिल राई ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap