२०८३ कार्तिक १३

आर्थिक समृद्धिको नेतृत्व गर्ने अभिभारा काँग्रेसको काँधमा : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य विनोद चौधरीले आर्थिक समृद्धिको नेतृत्व गर्ने अभिभारा नेपाली कांग्रेसको काँधमा आएको बताएका छन् ।


Advertisement


स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्तापछि नवलपुरको चुनावी अभियानमा उद्योगी समेत रहेका चौधरीले २०७४ को स्थानीय तह निर्बाचनमा नवलपुरमा अधिकांश पालिका जितेको कांग्रेसले यसपटक जिल्लाका सबै पालिकामा जित निकाल्दै विकास र समृद्धिको राजनीतिक यात्रा शुरू गर्नु पर्ने बताए । यसका लागि कांग्रेसका स्थानीय नेताहरुको नेतृत्वदायी भूमिका रहने भन्दै आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्न नेताहरूलाई आग्रह गरे ।

नवलपुर जिल्लामा मध्यविन्दू, कावासोती, देवचुली र गैँडाकोट गरि चार नगरपालिका रहेका छन् भने बौदीकाली, हुप्सेकोट, बिनयी त्रिबेणी र वुलिङ्गटार गरि चार गाउँपालिका रहेका छन् । 

उनले स्थानीय तहको सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकोले जनताको सेवा गर्ने प्रतिवद्धता पूरा गर्न पनि नेपाली कांग्रेसको जित आवश्यक रहेको बताए । 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap