२०८३ कार्तिक १२

बेलायती प्रधानमन्त्री जोनसन भारत भ्रमणमा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत भ्रमणका लागि गुजरात पुगेका छन्। 


Advertisement


बिहीबार बिहान गुजरातको अहमदाबाद आइपुगेका जोनसनलाई गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले स्वागत गरे।

यसअघि नै निर्धारण गरिएको प्रधानमन्त्री जोनसनको भारत भ्रमण कोरोना महामारीका कारण रोकिएको थियो।

बोरिस दुई दिने भारत भ्रमणमा आएका हुन्। 

भ्रमणको पहिलो दिन आज जोनसन गुजरातमा बस्नेछन्। त्यहाँ उनले विज्ञान, स्वास्थ्य र प्रविधि सहकार्यमा लगानी घोषणा गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

शुक्रबार जोनसन दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर आर्थिक, सुरक्षा र रक्षा सम्बन्धका विषयमा केन्द्रित हुने कार्यतालिका छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap