२०८३ कार्तिक १४

चेन्नईको पाँचौ हार, शीर्ष स्थानमा गुजरातको अग्रता

आइपिएल २०२२ मा चेन्नई सुपरकिंग्स पाँचौ खेलमा पराजित भएको छ।


Advertisement


आइतबार राति भएको खेलमा चेन्नईलाई गुजरात टाइटन्सले ३ विकेटले पराजित गर्‍यो।

चेन्नईले दिएको १७० रनको लक्ष्य गुजरातले १ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पार गर्‍यो।

उसका लागि डेभिड मिल्लरले नटआउट ९४ रन जोडे। उनले ५१ बलमा ८ चौका र ६ छक्का हिर्काए।

कप्तान रासिद खानले २१ बलमा ४० रनको योगदान दिए।

बलिङमा चेन्नईका ड्वायन ब्राभोले ३ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा १६९ रन जोड्यो।

चेन्नईका लागि ऋतुराज गायकवाड ७३ रन जोडे भने आम्बाती रायदुले ४६ रन तथा कप्तान रविन्द्र जडेजाले १२ बलमा नटआउट २२ रन जोडे।

बलिङमा गुजरातका अल्जारी जोसेफले २ विकेट लिए।

जितसँगै अंक तालिकाकी शीर्ष स्थानमा रहेको गुजरातले ६ खेलबाट १० अंक जोडेको छ। दोस्रो स्थानको लखनउ, तेस्रो स्थानको बैंग्लोर र चौथो स्थानको हैदरावादको ८-८ अंक छ।

नवौं स्थानको चेन्नईको ६ खेलबाट २ अंक छ। उसले पाँच खेलमा हार बेहोर्दा एक खेलमा जित निकालेको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap