२०८३ कार्तिक १४

रूकुम-पश्चिममा गठबन्धनबीच कुरा मिलेन, माओवादीले एक्लै टुंग्यायो आफ्ना उम्मेदवार

सत्ता गठबन्धन दलबीच रूकुम पश्चिममा पनि कुरा मिल्न सकेको छैन।


Advertisement


केही दिनदेखि चलिरहेको गठबन्धनबीचको छलफलबाट निष्कर्ष ननिस्किएपछि सोमबार माओवादी केन्द्र रूकुम-पश्चिमले एकलौटी स्थानीय तहका प्रमुख तथा उपप्रमुखका उम्मेदवारको नाम सिफारिस गरेको छ।

माओवादीको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ जिल्लामा गठित उम्मेदवार छनोट तथा सिफारिस समितिको बैठक बसी पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका उम्मेदवारहरूको नाम सिफारिस गरिएको छ।

नेकपा माओवादी केन्द्र रूकुम पश्चिमका प्रचारप्रसार विभाग प्रमुख ध्रुब बुढाथोकीका अनुसार उनीहरूको नाम प्रदेश समितिमा पठाइसकिएको छ।

समितिले जिल्लाको चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी, उपप्रमुखमा ईश्वरी कुमारी शर्मा बीएम, आठबीसकोट नगरपालिकाको प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही, मुसिकोट नगरपालिकाको प्रमुख बसन्त शर्मा र उपप्रमुखमा मिलन खड्काको नाम उम्मेदवारका रूपमा छानेको हो।

यस्तै, सानीभेरी गाउँपालिकाको अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेशकुमार केसी र उपाध्यक्ष राजकुमारी रेउले, बाँफीकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसीलाई उम्मेदवारको रूपमा सिफारिस गरिएको छ।

यद्यपि गठबन्धनको निर्णय कार्यान्वयन गर्नुपर्ने भएमा हाल छानिएकामध्ये जसको पनि उम्मेदवारी फिर्ता हुनसक्ने भनिएको छ।जसअनुसार जिल्लामा कुरा नमिले पनि प्रदेश र केन्द्रबाट गठबन्धनबारे आउने निर्देशनलाई भने माओवादीले कुर्ने भएको छ।
 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap