२०८३ कार्तिक १२

कांग्रेसबाट भरतपुरको मेयरमा २५, उपमेयरमा २४ जना आकांक्षी

नेपाली कांग्रेस चितवनका २५ जना नेताहरूले भरतपुरको मेयरमा दाबी गरेका छन्। 


Advertisement


सत्तारूढ पाँच दलीय गठबन्धनले देशभरका स्थानीय तहमा तालमेल गर्ने निर्णय गरे पनि यहाँ मेयर र उपमेयर पदमा आकांक्षा राख्नेको संख्या धेरै देखिएको छ। 

उपमेयर पदमा पनि  २४  जनाले दाबी गरेको महानगर सभापति चित्रसेन अधिकारीले बताए। 

नेपाली कांग्रेसको केन्द्रीय निर्देशन र जिल्ला समितिको परिपत्रका आधारमा महानगर समितिले मेयर र उपमेयर पदका आकांक्षीलाई चैत २७ र २८ गते भित्र मनोनयन दर्ता गर्न आह्वान गरेको थियो।

यो अवधिमा मेयर पदमा केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, पार्टीका बागमती प्रदेशका कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी, निलकण्ठ रिजाल, गौरी कुमारी श्रेष्ठ, मिना कुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरूङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्रा.डा. केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दवाडीले मनोनयन दर्ता गरेका छन्।

उपमेयर पदका लागि राजीव न्यौपाने, सुरवीर पोखरेल, टंकनाथ पौडेल, तारा गुरूङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरू कार्की, कल्पना पौडेल, देबेन्द्र गुरूङ, पूर्णबहादुर गुरूङ,  वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल, रवि भद्र शर्मा खनाल, निर्मलराज पौडेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरूङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसीले दाबी पेस गरेको महानगर सभापति अधिकारीले बताए। 

भरतपुरको मेयरमा गठबन्धनबाट माओवादीले पनि दाबी गरेको छ।

माओवादीले फेरि रेनु दाहाललाई नै मेयरमा दोहोर्‍याउन चाहेको छ। कांग्रेसका जिल्ला नेताहरूले भने यसपालि महानगरको मेयर पद छाड्न नसकिने भन्दै शीर्ष नेताहरूलाई दबाब दिइरहेका छन्।

कांग्रेसको नेतृत्व तहमा शेखर कोइराला समूह भरतपुरमा मेयर पद छाड्न नहुने अडानमा छ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मेयर पद कांग्रेसले नै पाउनेगरी सहमतिको प्रयास गर्ने आश्वासन दिएको केन्द्रीय सदस्य दिनेश कोइरालाले बताए।

नेकपा एमालेले भने प्रदेश सांसद विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap