२०८३ कार्तिक १३

एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किएका गाउँपालिका अध्यक्षले भेटे प्रचण्डलाई

नेकपा एमालेमा प्रवेश गरेको २४ घन्टामै फेरि नेकपा माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका धादिङको रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) खुमलटार पुगेका छन्।


Advertisement


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज बिहान भेटेर उनले केही मानिसको परिबन्दमा परेर आफू सोमबार बालकोट पुगेको बताएका छन्।

०७४ मा माओवादीबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका डल्लाकोटी बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए।

तर उनले मंगलबार विज्ञप्ति निकालेर माओवादीमै फर्किएको घोषणा गरेका थिए। माओवादीमा फर्केको घोषणा गरेका गाउँपालिका अध्यक्ष डल्लाकोटीले आज खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन्।

‘केही मान्छेको परिबन्दमा परेर बालकोट पुगेँ। यसमा मेरो गल्ती भयो तर मलाई मैले बनाएको पार्टी कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्,’ अध्यक्ष प्रचण्डसँग डल्लाकोटीले भने, ‘सुत्न नि दिएनन्। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु, म घर फर्केको छु।’

प्रचण्डको सचिवालयले गाउँपालिका अध्यक्ष डल्लाकोटी आज बिहान खुमलटार आएर प्रचण्डसँग भेटवार्ता गरेको जानकारी दिएको छ। जवाफमा प्रचण्डले गाउँपालिका अध्यक्ष डल्लाकोटीलाई अब काममा फर्कन भनेका थिए। ‘गल्ती गरेँ भनिसक्नुभयो अब काममा फर्कनुस्,’ प्रचण्डले भनेका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap