२०८३ कार्तिक १३

एकीकृत समाजवादीप्रति जनताको आकर्षण देखेर विपक्षी दलहरू बर्बराउन थाले: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीप्रति जनताको आकर्षण देखेर विपक्षी दलहरू बर्बराउन थालेको बताएका छन्।


Advertisement


६ महिना अघि मात्रै गठन गरिएको पार्टीमा जनताको लहर बढेको बताउँदै उनले आफ्नो पार्टीप्रतिको जनलहर देखेर विपक्षी दलहरू अत्तालिएको बताए।

कपिलवस्तुको शिवराज नगरपालिकामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले आगामी निर्वाचनमा सत्ता साझेदार गठबन्धन मिलेर जाने भएकोले देशभर गठबन्धनका साझा उम्मेदवारले जित्ने दाबी गरे।

निर्वाचनमा मिलेर जाने विषयमा पाँच दलीय गठबन्धनको निरन्तर वार्ता र छलफल भइरहेको र दलहरू गठबन्धनप्रति सकारात्मक रहेको उनको भनाइ छ।

अध्यक्ष नेपालले अघिल्लो निर्वाचनमा दुईतिहाइ मत दिएर पठाएको पार्टीले जनतालाई धोका दिएको भन्दै अब भने नेपाली जनताहरू कुनै पनि धोकामा नबस्ने बताए।

‘अघिल्लो निर्वाचनमा जनताले विश्वास गरेर जिताएको पार्टीले संविधान मास्ने र कामभन्दा बढी हावादारी गफ दिएर जनतालाई अल्मलाउने काम गर्‍यो, अब भने त्यस्तो अलमलमा कोही पनि बस्नेवाला छैनन्,’ उनले भने।

नेपालले नेकपा एमालेको सूर्यमा ग्रहण लागेको बताउँदै अब कलमलाई विश्वास गरेर मतदान गर्न आग्रह गरे।

एकीकृत समाजवादी पार्टी समाजवादको दिशामा अगाडि बढेको बताउँदै न्याय, सत्य र परिवर्तनको लागि काम गर्न उनले नेता कार्यकर्तालाई आग्रह गरे।

उनले २०५१ सालमा एक सय रुपैयाँबाट सुरू गरिएको वृद्ध भत्ता अब मासिक ५ हजार पुर्‍याउने दाबी समेत गरे।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap