२०८३ कार्तिक १३

कप्तान सन्दीप भन्छन्- टी-२० सिरिजको ट्रफी स्वदेशमै राख्छौं

नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल भिडन्त भोलि सोमबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पिएनजी उपाधिका लागि भिड्नेछन्।


Advertisement


लिग चरणका चारै खेलमा जित हात पारेको नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्ने ‍कप्तान सन्दीप लामिछानेले बताएका छन्। 

आइतबार सिरिजको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै कप्तान लामिछानेले फाइनलमा पनि सुखद् नतिजालाई निरन्तरता दिँदै घरमै ट्रफी राख्ने बताए।

घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने उनको भनाइ छ।

नेपाल र पिएनजीबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह १२:३० बजे हुनेछ।

फाइनलअघि पिएनजीका कप्तान आसाद भालाले अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यसहित नेपालको सामना बताए। 

लिग चरणका दुवै खेलमा नेपालले पिएनजीलाई पराजित गरेको थियो।

सिरिजको अन्तिम खेलमा नेपालले शनिबार मलेसियामाथि ८५ रनको जित निकाल्दा पिएनजीले फाइनलमा स्थान बनाएको थियो।

सिरिजको पहिलो र दोस्रो खेलमा नेपालले पिएनजीलाई क्रमश: १५ र ३७ रनले पराजित गरेको थियो। त्यसअघि भएको एकदिवसीय सिरिज भने पिएनजीले २–० ले  क्लिनस्विप गरेको थियो।

नेपालले अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिज जितेको थियो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap