२०८३ कार्तिक १२

चुनावी गठबन्धनका लागि खुला रहने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि खुला रहने निर्णय गरेको छ।


Advertisement


दुई दिनसम्म बसेको कार्यकारिणी बैठकले आवश्यकताको आधारमा गठबन्धन गर्न सकिने निर्णय गरेको लोसपा कार्यकारिणी सदस्य केशव झाले बताए।

‘हामी गठबन्धनका लागि खुला छौं। अहिले नै यो दलसँग हुने भन्ने केही छैन,’ उनले भने, ‘ठाउँ र आवश्यक्ताको आधारमा जोसँग पनि तालमेल हुनसक्छ।’

लोसपाले पार्टीको विधान परिमार्जनसहित पारित गरेको छ।

लोसपामा अब ५०१ सदस्यीय केन्द्रीय समिति, १०१ सदस्यीय राजनीतिक समिति हुने झाले बताए।

लोसपाले संगठनात्मक गतिविधि र प्रशिक्षणलाई तीब्रता दिने निर्णय गरेको छ भने सबै नेतालाई तयारी अवस्थामा रहन भनिएको छ।

आफ्ना माग सम्बोधन भए सरकारमा जान सकिने धारणा नेताहरूले बैठकमा राखेका थिए।

‘हाम्रो माग-मुद्दा सम्बोधन भयो, चुनावी गठबन्धन भयो भने सरकारमा जान सकिन्छ भन्ने धेरै कार्यकारिणी सदस्यहरूको धारणा छ,’ झाले भने।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap