२०८३ कार्तिक १२

बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन्।


Advertisement


प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट आज बिहान ९ बजे भर्चुअल रूपमा बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन भने परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बो पुगिसकेका छन्।

मन्त्री खड्का बिमस्टेकका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा सहभागी भएका थिए। बैठकमा श्रीलंकासहित बंगलादेश, भारत, भुटान, नेपाल र थाइल्यान्डका मन्त्रीहरू सहभागी थिए भने सैनिक शासन लागु भएको म्यानमारका विदेश मन्त्री भर्चुअल रूपमा सहभागी रह्यो।

श्रीलंकामा बुधबार बिमस्टेकको पाँचौं शिखर सम्मेलन हुँदैछ। राष्ट्रपति गोटवाया राजापाक्षेले अध्यक्षता गर्ने शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमुख भर्चुअल्ली सहभागी हुनेछन्।

प्रधानमन्त्री देउवाले पनि शिखर सम्मेलनमा भर्चुअल्ली सम्बोधन गर्ने कार्यक्रम छ। म्यानमारका तर्फबाट भने शिखर सम्मेलनमा पनि विदेश मन्त्री नै सहभागी हुने बताइएको छ।

बिमस्टेको चौथों शिखर सम्मेलन २०१८ मा काठमाडौंमा भौतिक रूपमै सम्पन्न भएको थियो। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap