२०८३ कार्तिक १२

हिन्दु राष्ट्र पुन:स्थापनाको लागि आन्दोलनमा होमिन्छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन्।

राप्रपा नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणा सभालाई सम्बोधन गर्दै शनिबार थापाले सम्पूर्ण नेपालीहरूलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको बताए।


Advertisement


थापाले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रिने उद्घोष गरे।

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए।

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्दै गएको दाबी उनले गरे।

अध्यक्ष थापाले यसको सम्पूर्ण दोषी ‘विदेशी प्रभुहरू’का अगाडि लम्पसार पर्ने प्रमुख राजनीतिक दलका नेताहरू भएको बताए।

फागुन ७ गते औपचारिक घोषणा भएको राप्रपा नेपालले तीन हप्तामा नै संगठन निर्माण र विस्तारमा कल्पनाभन्दामाथिको सफलता हासिल गरेको दाबी थापाले गरे।

राप्रपा नेपालले चाँडै राष्ट्रिय राजनीतिमा बलियो शक्तिको स्थान ओगट्ने दाबी उनले गरे।

कार्यक्रममा युवा नेता नगेन्द्र देउजाको अध्यक्षतामा ११३ सदस्यीय राष्ट्रिय युवा मोर्चा नेपाल घोषणा गरिएको थियो।

नवगठित मोर्चाका पदाधिकारी तथा सदस्यहरुलाई पार्टी अध्यक्ष थापाले माला र खादा लगाएस सम्मान गरे।

मोर्चा घोषणा कार्यक्रमकै अवसरमा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य निरबहादुर श्रेष्ठ तथा लोसपा धादिङका जिल्ला अध्यक्ष नोरमान तामाङसहित लोकतान्त्रिक समाजवादी पार्टीको सिंगो धादिङ जिल्ला कार्यसमिति राप्रपा नेपालमा प्रवेश गरेको थियो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap