२०८२ मंसिर २४

च्यासलमाथि आर्मीको जित, दोस्रो स्थानमा उक्लियो

सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लिएको छ।

शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबललाई २-० गोलले पराजित गर्दै आर्मी दोस्रो स्थानमा उक्लिएको हो।


Advertisement


आर्मीको जितमा जर्जप्रिन्स कार्की र जगजित श्रेष्ठले गोल गरे। दुवै गोल पहिलो हाफमा भएका थिए।

कार्कीले खेलको १९ मिनेटमा गोल गरे। उनले टंक बस्नेतको पासमा हेडमार्फत गोल गरेका थिए।

३६ मिनेटमा जगजितले आर्मीको अग्रता दोब्बर पारेका थिए।

जितसँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको आर्मीले ४ खेलबाट ८ अंक जोडेको छ।

शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबको १० अंक छ।

तेस्रो स्थानको सातदोबाटो युथ क्लब  र चौथो स्थानको मछिन्द्र क्लबको ३ खेलबाट समान ७-७ अंक छ। यता च्यासल भने ४ खेलबाट ४ अंक जोड्दै नवौं स्थानमा छ।

Copy link