२०८३ कार्तिक १३

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सर बर्खास्त

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक ओला गुनर सोल्सरलाई बर्खास्त गरेको छ।

प्रिमियर लिगअन्तर्गत वाटफोर्डसँग ४-१ गोलले पराजित भएको २४ घन्टा बित्न नपाउँदै सोल्सर बर्खास्तगीमा परेका हुन्।


Advertisement


युनाइटेडले प्रिमियर लिगका पछिल्ला सात मध्ये एक खेलमा मात्र जित हात पारेको छ। युनाइटेड लिगको अंक तालिकामा सातौं स्थानमा छ भने शीर्ष स्थानको चेल्सीभन्दा १२ अंकले पछि छ।

सोल्सरलाई बर्खास्त गरेसँगै युनाइटेडले पहिलो टिमका प्रशिक्षक माइकल क्यारिकलाई अस्थायी प्रशिक्षकको जिम्मेवारी दिएको छ।

युनाइटेडले यहि मंगलबार च्याम्पियन्स लिगमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्दैछ। भिल्लारियलसँग खेलेपछि युनाइटेडले प्रिमियर लिगमा चेल्सी र आर्सनलसँग खेल्नेछ।

सोल्सारले सन् २०१८ को डिसेम्बरमा क्लबको प्रशिक्षकको जिम्मेवारी पाएका थिए। तत्कालिन प्रशिक्षक जोसे माउरिन्हो बर्खास्तगीमा परेसँगै उनी प्रशिक्षक बनेका थिए। 

४८ वर्षीय नर्वेजियन सोल्सर सन् २०१९ को मार्चमा स्थायी प्रशिक्षक बनेका थिए। त्यतिबेला उनले ३ वर्षको सम्झौता गरेका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap