२०८३ कार्तिक १३

जाभीको पहिलो खेलमा बार्सिलोनाको जित

प्रशिक्षक जाभी हर्नान्डेजको पहिलो खेलमा बार्सिलोनाले विजयी सुरूआत गरेको छ। स्पेनिस ला लिगामा क्याटलान क्लब बार्साले स्पान्योललाई १-० गोल अन्तरमा हराएको हो। 

बार्सिलोनाको जितमा मेम्फिस डिपाएले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो। 


Advertisement


घरेलु मैदान नोउ क्याम्पमा शनिबार राति ६६ प्रतिशत बल पोजिसन राखे पनि बार्सिलोनाले गोल गर्न दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो।

पेनाल्टी बक्समा डिपाएलाई लियान्द्रो काब्रेराले फउल गरेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए। यसअघि बार्सिलोनाले स्पान्योलको पोष्टमा १६ प्रहार गरे पनि गोल गर्न सकेन। 

यो जितसँगै जाभीले बार्सिलोनालाई आफ्नो प्रशिक्षणको पहिलो खेलमै जित दिलाउन सफल भए।

रोनाल्ड कोम्यानको बर्खास्तीपछि बार्सिलोनाले सेर्गी बरजुआनलाई अन्तरिम प्रशिक्षक र त्यसपछि जाभीलाई मुख्य प्रशिक्षक बनाएको थियो ।

यो जितसँगै बार्सिलोना १३ खेलबाट २० अंक जोडेर नवौंबाट छैठौं स्थानमा उक्लिएको छ। यद्यपी बार्सिलोना शीर्षस्थानको सेभिया र रियल सोसिडाडसँग ८ अंकले पछि छ। पराजित स्पान्योल १७ अंक जोडेर ११औं स्थानमा छ।
 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap