२०८३ कार्तिक १२

दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो टिम

अर्जेन्टिना फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ। अर्जेन्टिना दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बन्यो।

यसअघि ब्राजिलले यो क्षेत्रबाट विश्वकपमा स्थान पक्का गरिसकेको छ।


Advertisement


बुधबार विहान ब्राजिल र अर्जेन्टिनाबीच विश्वकप छनोटको खेलमा प्रतिस्पर्धा भएकोमा खेल गोलरहित बराबरीमा सकिएको थियो। यो खेलको नतिजापछि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको भने होइन।

दक्षिण अमेरिका छनोटका अन्य खेलमा इक्वेइडर, पेरू र बोलिभियाले जित निकालेपछि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको थियो।

दक्षिण अमेरिकाबाट चार टिम विश्वकप सिधा छनोट हुने गर्छन्। पाँचौ हुने टिमका लागि महादेशीय प्लेअफबाट विश्वकपमा स्थान बनाउने अवसर हुनेछ।

दक्षिण अमेरिकन विश्वकप छनोटमा शीर्ष स्थानको ब्राजिलले १३ खेलबाट ३५ अंक जोडेको छ। दोस्रो स्थानको अर्जेन्टिनाको २९ अंक छ।

१४ खेलबाट २३ अंक जोडेको इक्वेइडर तेस्रो स्थानमा छ भने चौथो स्थानको कोलम्बियाको १४ खेलबाट १७ अंक छ।

पाँचौ स्थानको पेरूले १४ खेलबाट १७ अंक नै जोडेको छ। छैटौं स्थानको चिली र सातौं स्थानको उरुग्वेको समान १६-१६ अंक छ। 

आठौं स्थानको बोलिभियाको १५ अंक, नवौं स्थानको पाराग्वेको १३ र पुछारको भेनेजुएलाको ७ अंक छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap