२०८३ कार्तिक १२

हर्शल पटेलको ह्याट्रिक, बेंग्लोरले मुम्बईलाई हरायो

आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरका बलर हर्शल पटेलले ह्याट्रिक विकेट लिएका छन्।


Advertisement


उनले १७औं ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिँदै ह्याट्रिक गरेका हुन्। उनले पहिलो बलमा मुम्बईका हार्दिक पाण्ड्यालाई कप्तान विराट कोहलीबाट क्याच गराए। दोस्रो बलमा केइरन पोलार्डलाई बोल्ड गर्दा तेस्रो बलमा राहुल चाहरलाई एलबिडब्लूको धरापमा पारे।

उनले ३.१ ओभरमा चार विकेट लिदा १७ रन खर्चिए।

पटेलले ह्याट्रिक गरेको खेलमा बेंग्लोरले मुम्बईलाई ५४ रनले पराजित गरेको छ।

बेंग्लोरले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बई १८.१ ओभरमा १११ रनमै अलआउट भयो।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४३ रन र क्वान्टन डे ककले  २४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेन।

बलिङमा बेंग्लोरका हर्शलले चार विकेट लिँदा युजभेन्द्र चाहलले तीन र ग्लेन म्याक्सवेलले दुई विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेटको क्षतिमा १६५ रन जोड्यो।

बेंग्लोरका लागि म्याक्सवेलले ३७ बलमा ६ चौका र ३ छक्का हिर्काउँदै ५६ रन जोडे। कप्तान विराट कोहलीले ५१ रनको योगादन दिए।

बलिङमा मुम्बईका जसप्रित बुमराहले तीन विकेट लिए। जितसँगै तेस्रो स्थानको बेंग्लोरले १० खेलबाट १२ अंक जोडेको छ। सातौं स्थानको मुम्बईको ८ अंक छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap