२०८३ कार्तिक १२

काठमाडौं र विराटनगरको खेल स्थगित

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण अन्तर्गत सोमबार काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेकाले स्थगित भएको छ ।


Advertisement


निर्धारित समयभन्दा २ घण्टासम्म पनि सुरू हुन मैदान तयार नभएपछि रेफ्रीले खेल स्थगित गरेका हुन्। सामान्यतया खेल सम्भव नहुँदा अंक बाँड्ने भए पनि आयोजकले खेल अर्को दिन खेल गर्ने भएको छ।

आइतबार वर्षाको कारण आउटफिल्ड असिलोको (भिजेको) कारण खेल सुरुहुन ढिलो भएको हो । सोमबार बिहान टियु मैदानमा बिहानैदेखि घाम लागे पनि आइतबार भारी वर्षाको कारण प्रभावित हुन पुगेको हो ।

आज हुने दोस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्स र चितवन टाइगर्स खेल्नेछन् । उक्त खेलका लागि भने मैदान तयार हुने सम्भावना छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap