२०८३ कार्तिक १२

यसैगरी संसद कहिलेसम्म चल्छ?, प्रधानमन्त्रीको जवाफ- ओलीलाई सोध्नुस्

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठक लगातार अवरूद्ध गरे।

सभामुख अग्निप्रसाद सापकोटाले एमालेले अवरोध जारी राखेपछि संसद बैठक मंगलबारसम्म स्थगित गरेका छन्।


Advertisement


सभामुखले संसदीय मर्यादा कायम नगरेको र दल फुटाउन भूमिका खेलेको आरोप एमालेको छ। यो निर्णय सच्याउन एमालेले सभामुखसँग माग गरिरहेको छ।

आज प्रतिनिधि सभा बैठकमा भाग लिएर बाहिरिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई यसैगरी संसद कतिन्जेल चल्छ भनेर पत्रकारले प्रश्न राखेका थिए। यसको जवाफमा देउवाले केपी शर्मा ओलीलाई सोध्न आग्रह गरेका छन्।

यसरी नै संसद कति दिन चलाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री देउवाले भने, ‘ओलीजीलाई सोध्नुस्।’

एमालेको अवरोधबीच पनि गत शुक्रबार सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap