२०८३ कार्तिक १२

भारतसँग नेपाल २-१ले पराजित

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो। 

भारतको जितमा फारूख चौरधी र कप्तानी सुनिल क्षेत्रीले एक एक गोल गरे। नेपालका लागि तेज तामाङले गोल फर्काए।

दोस्रो हाफमा मैदान छिरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले सटिक फिनिसिङ गरेका थिए।


Advertisement


८० मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले अग्रता दोब्बर पारे। काउन्टर आक्रमणमा उनले सहज रूपमा गोल गरेका थिए। 

नेपालका लागि तेजले  खेल सकिन तीन मिनेट बाँकी छँदा गोल  फर्काए। उनले ८७ मिनेटमा डिबक्स बाहिरबाट सुन्दर गोल गरेका हुन्।

खेलमा नेपालले पटक पटक गोल गर्ने अवसर खेर फालेको थियो। दुवै हाफमा मनिष डाँगीले गोल गर्न सकेनन्।

पहिलो हाफमा डाँगीले डिबक्समा पास पाए पनि अल्मलिएका थिए। दोस्रो हाफमा डाँगीको प्रयास सफल हुन सकेन। उनले लामो पासमा सिक्सयार्डबाट हानेको प्रहार आउट भएको थियो।

यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल एक एक गोलको बराबरीमा सकिएको थियो। नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए भने भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए। 

दुवै टिमले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेका हुन्। 

अब नेपाली टिम साफ च्याम्पियनसिपको तयारी गर्न कतार जानेछ। त्यहाँ १५ दिन तयारी गरेपछि नेपाली टिम उतैबाट माल्दिभ्स पुग्नेछ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap