२०८३ कार्तिक १२

त्रिविमा आंशिक शिक्षकलाई करार गर्ने कदम स्वीकार्य छैन : अनेरास्ववियु

१९ भदौ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकलाई करारमा नियुक्त गर्ने तयारी भएको भन्दै विरोध जनाएको छ ।

प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने मूल मार्ग बन्द गर्ने गरी आंशिकलाई करार र करारलाई स्वतः स्थायी प्रक्रियामा लैजाने गरी बाटो खोल्न लागेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।


Advertisement


अध्यक्ष ऐन महरले विज्ञप्ति जारी गरी आंशिक शिक्षकलाई करार गराउने कदम प्राज्ञिक उन्नयन र त्रिभुवन विश्वविद्यालयको संस्थागत विकासको विरुद्धमा रहेको बताए ।

‘यो कदमले बजारमा स्वस्थ प्रतिस्पर्धाबाट प्राज्ञिक पेशामा लाग्न चाहने शैक्षिक युवाहरुको बाटोलाई बन्ध्याकरण गर्नेछ’ विज्ञप्तिमा भनिएको छ, ‘… त्रिविप्रतिको जनविश्वास कमजोर हुँदै जानेछ ।’

विद्यार्थी संख्या घट्दै गएको तर त्रिविमा पुराना दरबन्दी कायमै रहेका बेला दरबन्दी थप गर्ने कुरा व्यवहारिक नहुने अनेरास्ववियुले बताएको छ ।

‘यो विषयमा विश्वविद्यालय गम्भीर हुनुपर्छ कि पर्दैन ? कुनै अमुक संगठनमा आवद्ध भएको व्यक्तिको जागिर सुनिश्चित गर्नका लागि नेपाली जनताको भविष्यको कुर्वानी कदापी स्वीकार्य हुन सक्दैन’ अनेरास्ववियुको विज्ञप्तिमा भनिएको छ ।

अनेरास्ववियुले आंशिक शिक्षकलाई करार गर्ने कदम तत्काल रोकी खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट सञ्चालन गर्न आग्रह गरेको छ ।

Credit: OnlineKhabar


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap