२०८३ कार्तिक २९

नवराज सिलवालले भने- जबर्जस्ती कुलमान बाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्न खोजिँदैछ

नेकपा एमालेका सांसद नवराज सिलवालले नेपाल विद्युत प्राधिकरण कुलमान घिसिङबाहेक अरूले हाँक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको बताएका छन् ।


Advertisement


सिलवालले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन । तर, जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जबर्जस्त प्रयोग गरिँदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ,’ सिलवालले भनेका छन्।

मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तयारी थाल्न निर्देर्शन दिएका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap