


टोकियो ओलम्पिकअन्तर्गत फुटबलमा ब्राजिलकी मार्टाले कीर्तिमान बनाएकी छिन्।
बुधबार चिनविरुद्ध गोल गर्दै उनी महिला र पुरुष प्रतिस्पर्धामा लगातार पाँच ओलम्पिकमा गोल गर्ने पहिलो खेलाडी बनिन्।
Advertisement



उनले २००४ देखि लगातार ओलम्पिक खल्दै गोल समेत गरेकी हुन्।
४३ वर्षीय मार्टाले ओलम्पकिमा गोल संख्या ११ पुर्याएकी छिन्।
उनले दुई गोल गरेको समूह बीको खेलमा ब्राजिलले चीनलाई ५-० गोलले पराजित गरेको छ।
यता समूह सीको खेलमा स्विडेनले अमेरिकालाई ३-० गोलले पराजित गरेको छ।

यससँगै विश्व विजेता अमेरिकाको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
महिला फुटबलको प्रतिस्पर्धा तीन समूहमा चार चार टिम गरी १२ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।
आगामी शुक्रबारदेखि औपचारिक रूपमा सुरू हुने टोकियो ओलम्पिकका केही विधाका खेल भने सुरु भएका छन्।





