


नेकपा एमाले विवाद हल गर्नको लागि गठन भएको कार्यदलको बैठक सकिएको छ।
Advertisement



शनिबार निर्धारित समयभन्दा ढिला गरी सिंहदरबारमा बैठक बसेको थियो।
कार्यदल सदस्य सुवास नेम्वाङले कार्यदलको काम टुंग्याए बराबर भएको भन्दै भोलि बिहान सुखद् समाचार सुन्न पाइने बताए।

बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘हामीले साह्रै मेहनतका साथ तपाईंहरूको शुभकामनाले हामीले काम टुंग्याए बराबर छ। भोलि बिहान ८ बजे तपाईंहरूले सुखद् समाचार सुन्न पाउनु हुनेछ।’
कार्यदलले सबै विवादित विषय टुंगो लगाएको हो? भन्ने प्रश्नमा उनले भने,‘ अब त्यो सबै कुरा भोलि बिहान भन्ने छ।’





