२०८३ कार्तिक २९

अष्ट्रेलियामाथि वेष्ट इण्डिजको शानदार जित

अष्ट्रेलियासँगको टी–२० सिरिजको पहिलो खेलमा वेष्ट इण्डिज १८ रनले विजयी भएको छ।

शनिबार घरेलु टोलीले वेष्ट इण्डिजले दिएको १४६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १६ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटिएपछि सहज जित हात पारेको हो।


Advertisement


अष्ट्रेलियाका लागि मिचेल मार्शमार्शले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन्। उनले ३१ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए। यस्तै, म्याथ्यू वेडले ३३, मोइसेस हेनरिक्सले १६ र  डान क्रिश्चियनले १० रन बनाउँदा। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। 

बलिङमा वेष्टइन्डिजका लागि ओबेद म्याकोयले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २६ रन खर्चिएर ४ विकेट लिए। यस्तै, हेडेन वाल्शले ३, फेबियन एलेनले २ र आन्द्रे रसेलले एक विकेट हात पारे।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। उसका लागि अलराउन्डर आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गर्दै  २८ बलमा तीन चौका र पाँच छक्कासहित ५१ रन बनाए।

त्यस्तै, लिन्डल सिमन्सले २७, शिमरोन हेटमायरले २०, कप्तान निकोलश पूरनले १७ रन बनाए। फाबियन आलेन ८ र ड्वेन ब्रावो ७ रनमा अविजित रहे ।

बलिङमा जोश हेजलउडले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १२ रन मात्र खर्चिएर  ३ विकेट लिए। यसक्रममा उनले एक ओभर मेडन राखे। त्यस्तै, मिचेल मार्शले दुई विकेट लिए।

यस जितसँगै पाँच म्याचको टी–२० सिरिजमा वेष्ट इण्डिजले १–० को अग्रता लिएको छ। यी दुई देशबीचको दोस्रो टी–२० म्याच आइतबार हुनेछ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap