


आगामी असोज ३ देखि हुने तय सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि न्युरोड टिम (एनआरटी) ले तयारी सुरु गरेको छ।
चार पटकको विजेता एनआरटीले टिम घोषणा र प्रतियोगिताको मिति तय नभएको अवस्थामा पनि अभ्यास थालेको जनाएको छ।
Advertisement



एनआरटीले ४ विदेशी राख्न पाउने प्रावधान अनुसार दुई विदेशी खेलाडीसँग आज सम्झौता गरेको छ।
एनआरटीले मासुके ओलुमो र स्टेफेन समिरलाई क्लबमा भित्र्याएको हो। यी दुई खेलाडीको प्रभावमा गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसल) को उपाधि काठमाडौँ रेजर्सले उचालेको थियो।

अन्य खेलाडीसँग अनुबन्धको प्रक्रिया पनि अगाडि बढाएको एनआरटीले जनाएको छ।
साथै प्रशिक्षक राजुकाजी शाक्यलाई निरन्तरता दिएको एनआरटीको भनाइ छ।
अघिल्लो वर्षका प्रतियोगितामा जस्तै मासुके ओलुमो र स्टेफेन समिरको लयले टोलीलाई उपाधि लक्ष्य भएको अध्यक्ष सुन्दर नरसिंह जोशीको भनाइ छ।





