२०८३ कार्तिक २३

चितवन जंगल सफारी लजको आकर्षक योजना, चार हजार रुपैयाँमा तीन रातका लागि होटलको कोठा पाइने

चितवनकाे साैराहास्थित हाेटल जंगल सफारी लजले ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ। जसअन्तर्गत ४ हजार रुपैयाँमा तीन रातका लागि हाेटलकाे काेठा उपलब्ध हुनेछ।

जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले आन्तरिक पर्यटन प्रवर्द्धन लक्ष्य गरी अफर सार्वजिनक गरिएकाे बताए।


Advertisement


‘कोभिड-१९ महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न केही सहयाेग पुगाेस् भन्ने उद्देश्यले याे अफर ल्याएका हाैं,’ घिमिरेले भने, ‘कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको छ। यो क्षेत्रलाई उकास्नका लागि जसले जति सक्छ त्यसरी नै योगदान दिनुपर्छ भन्ने मान्यताका साथ यो योजना ल्याएका हौ।’

घिमिरेका अनुसार याे अफरअन्तर्गत होटलका कोठामा ६२ प्रतिशत छुट दिइएको छ। कोठामा दुई बयष्क र एक बच्चा बस्न पाउनेछन्। यो अफरमा सहभागी हुन पर्यटकले असार महिनाभरि प्याकेज खरिद गर्नुपर्ने हुन्छ। आफूले खरिद गरेको प्याकेज मितिको एक महिनापछि होटलमा आएर बस्न सकिने छ। अफरअन्तर्गत पर्यटकहरूले याे वर्ष चैत २८ सम्ममा काेठमा प्रयोग गरिसक्नुपर्ने हुन्छ।

‘पे नाउ, गाे लेटर अफरमा १ हजार पर्यटक सहभागी गराउने तयारी छ,’ कार्यकारी निर्देशक घिमिरेले भने। अफरमा ब्रेकफाष्ट उपलब्ध नहुने र ग्रुप बुकिङका पनि गर्न नमिल्ने उनकाे भनाइ छ।

उनका अनुसार पैसा तिरेका पर्यटकले १५ दिनअघि नै होटलमा कोठा बुक गर्नुपर्ने छ। अफरमा नेपालस्थित विदेशी (एक्सप्याट) पनि सहभागी हुन पाउनेछन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap