२०८३ कार्तिक २३

दुई सेटले पछि परेको स्थिति उल्टाउँदै जोकोभिचले जिते फ्रेञ्च ओपन

नोभाक जोकोभिचले वर्षको फ्रेञ्च ओपन टेनिसअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्।

सुरुवाती दुई सेट गुमाएको स्थिति उल्टाउँदै जोकोभिचले उपाधि जितेका हुन्। 


Advertisement


करिअरको १९औं ग्रान्डस्लाम जित्ने क्रममा उनले ग्रिसका स्टेफानोस सिसेपसलाई ३-२ ले पराजित गरे। 

विश्व नम्बर एक सर्वियन टेनिस स्टार जोकोभिकले पहिलो दुई सेट ६-७ (६-८) र २-६ ले गुमाएका थिए। 

त्यसपछिका तीन सेटमा जोकोभिचले ६-३, ६-४ र ६-४ को जित निकाल्दै उपाधि जिते। 

जितसँगै जोकोभिच राफायल नाडाल र रोजर फेडेररले जितेको उपाधिसँग बराबरी गर्न एक उपाधि टाढा छन्। नाडाल र फेडेररले करिअरमा २०-२० उपाधि जितेका छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap