२०८१ बैशाख ८

घर र गाडी कर्जामा बैंकहरुले ब्याजदर बढाउन नपाउने, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था

Credit: CLICKMANDU

काठमाडौं । तपाईं बैंकबाट ऋण लिएर व्यक्तिगत प्रयोगका लागि घर तथा गाडी किन्न खोजिरहनु भएको छ भने तपाईंका लागि खुसीको खबर छ ।

अब तपाईंले बैंकबाट लिएको ऋणको ब्याजदर बढ्ने छैन । कर्जाको अवधिभर तपाईंले एउटा निश्चित रकम किस्ता तिरे पुग्ने भएको छ ।

बैंकहरुले बेसरेट परिवर्तन भएसँगै ब्याजदर घटबढ गर्दा व्यक्तिगत प्रयोजनका लागि कर्जा लिने ग्राहकहरु समस्यामा परेको निष्कर्श निकाल्दै राष्ट्र बैंकले कर्जा अवधिभर निश्चित व्याजदर कायम गर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाका सीइओहरुसँगको जुम मिटिङमा मगंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टर्म लोन लिने ऋणीका लागि फिक्स्ड ब्याजदर कायम गर्न निर्देशन दिए ।

राष्ट्र बैंकले मंगलबार नै एकिकृत निर्देशन २०७७ जारी गर्दैछ । उक्त निर्देशनमा व्यक्तिगत प्रयोजनका टर्म लोन लिने ऋणीका लागि ब्याजदर फिक्सड गर्नुपर्ने व्यवस्था गरिएको छ ।

‘एउटा कुनै ऋणीको मासिक ५० हजार रुपैयाँ किस्ता तिर्नसक्ने क्षमता छ, उसले सोही अनुसार बैंकबाट ऋण लिएको हुन्छ तर बैंकहरुले २/४ महिनामै ब्याजदर बढाउँछन् र उसले तिर्नुपर्ने किस्ता बढेर ५२/५५ हजार रुपैयाँसम्म हुने गरेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यस्तो अवस्थामा निश्चित आम्दानी भएको ऋणीले ऋण तिर्न नसकेर डिफल्टर हुनुपर्ने बाध्यता छ । यसलाई रोक्न फिक्सड ब्याजदर हुनुपर्ने व्यवस्था गरेका हौं ।’

राष्ट्र बैंकले यसअघि पनि फिक्स्ड ब्याजदरमा ऋण दिन निर्देशन दिएको थियो । तर बैंकहरुले यसको कार्यान्वयन गरेका थिएनन् । अहिले कर्जाको क्षेत्र नै तोकेर ब्याजदर फिकसड गर्न भनेको हो ।


Advertisement


कसरी कार्यान्वयन हुन्छ ?

राष्ट्र बैंकको निर्देश्न अनुसार अब कुनै पनि बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रयोजनका टर्म लोनको स्किम ल्याउँदा त्यसमै कर्जाको ब्याजदर उल्लेख गरेको हुनुपर्छ । उक्त स्किममा बैंकले कर्जा अवधिभर फिक्स ब्याजदर हुँदा पर्न आउने ब्याजदर र किस्ता प्रष्टरुपमा उल्लेख गरेको हुनुपर्छ ।

र, बैंकले अर्को अप्सन पनि दिन सक्छ । यदि तपाई भावी दिनमा आधार दरमा हुने परिवर्तनका आधारमा तलमाथि (फ्लक्चुएट) हुने स्किम रोज्नुहुन्छ भने त्यो व्यवस्था पनि गर्नुपर्छ ।

यसरी स्किम आउँदा ग्राहकले जुन स्किम रोज्छन् त्यसै अनुसारको सम्झौता गरेर बैंकले ऋण दिनुपर्छ । ग्राहकको इच्छाविपरित गर्न पाइँदैन । यो व्यवस्थाले ग्राहकको मनोवल उच्च बनाउने राष्ट्र बैंकका अधिकारीहरुको बुझाइ छ ।

Copy link
Powered by Social Snap