२०७८ असार ८

संक्रमण बिरूद्ध सकारात्मकता

पढाउन डोल्पा पुगेपछि बदलिएको मोइन उद्दिनको जीवन

पढाउन डोल्पा पुगेपछि बदलिएको मोइन उद्दिनको जीवन

शिक्षा, संक्रमण बिरूद्ध सकारात्मकता, समाचार
टिच फर नेपाल (टिएफएन) मा लागेपछि नै हो, मोइन उद्दिनको जीवन स्थिर भएको।त्यसअघि उनले कहिले रेडियोमा काम गरे, कहिले पत्रपत्रिकामा। विभिन्न संस्थादेखि विभिन्न व्यापारमा समेत हात हाले। टिच फर नेपालमा आएपछि भने उनी सोच्न थालेका छन्, 'अब जे गर्ने, शिक्षामै गर्ने हो।'उनले पहिलोचोटि टिएफएनअन्तर्गत सिन्धुपाल्चोक, तालमाराङको श्री तेर्से माध्यामिक विद्यालयमा दुई वर्ष स्वयंसेवकका रूपमा पढाए। अहिले 'एक्सन डोल्पो' भन्ने संस्थामार्फत् उपल्लो डोल्पाको धो तारापस्थित क्रिस्टल माउन्टेन स्कुलमा पढाइरहेका छन्।Advertisementकाठमाडौंमा जन्मे-हुर्केका मोइनले सिन्धुपाल्चोकमा काम गर्दा पहाडको जनजीवन र तामाङ समुदायलाई नजिकबाट बुझ्ने मौका पाएका थिए। त्यसपछिको खाली समय घरमै बसिरहँदा डोल्पामा पढाउने आवेदन देखे। पहाडी जीवनको अनुभव त छँदै थियो, हिमाल...
बुद्धमूर्तिले सजाइँदै भैरहवा-लुम्बिनी सडक

बुद्धमूर्तिले सजाइँदै भैरहवा-लुम्बिनी सडक

देश, संक्रमण बिरूद्ध सकारात्मकता, समाचार
गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्वारको रूपमा रहेको रुपन्देहीको सिद्धार्थनगर क्षेत्रको सडकमा बुद्धमूर्ति राख्ने काम भईरहेको छ। सडक तथा हवाईमार्गबाट समेत लुम्बिनी आउने पर्यटकलाई सिद्धार्थनगर क्षेत्रमा प्रवेश गर्दा नै बुद्धजन्मस्थलको अनुभूति दिलाउनेगरि मुख्य सडकको डिभाईडरमा बुद्धमूर्ति राखिएको नगरपालिकाले जनाएको छ । यसअघि तिलोत्तमा नगरपालिकाले आफ्नो सिमाक्षेत्रमा पर्ने बेलहीया-बुटवल ६ लेन सडकको मुख्य डिभाईडरमा बुद्धमूर्ति राखिसकेको छ। सिद्धार्थनगर नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र पर्ने बेलहिया-बुटवल ६ लेन सडक डिभाईडरमा यसअघि नै बुद्धमूर्ति राखेकोमा अहिले डिभिजन पर्यटन कार्यालय भैरहवाले लुम्बिनी सडकको डिभाईडरमा मूर्ति राख्न शुरु गरेको हो। Advertisementलुम्बिनी प्रदेश सकार पर्यटन मन्त्रालय अन्तर्गत डिभिजन पर्यटक कार्यालयले उपलब्ध गरा...
खोप कार्यक्रमको अनुगमनमा मेयर शाक्य, आफू अनुकूल केन्द्रमा खोप लगाउन आग्रह

खोप कार्यक्रमको अनुगमनमा मेयर शाक्य, आफू अनुकूल केन्द्रमा खोप लगाउन आग्रह

देश, संक्रमण बिरूद्ध सकारात्मकता, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाउ सुरु गरिएको कोभिडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा सो उमेर समूहका सबैले लगाउन आग्रह गरेका छन् ।  खोप केन्द्रको अनुगमन गर्ने क्रममा प्रमुख शाक्यले यस्तो बताएका हुन् । प्रमुख शाक्यसँगै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्याक्षहरूलगायत अनुगमनमा सहभागी थिए ।‘‘काठमाडौँ महानगरपालिकाले अहिले ३२ वटै वडामा तोकिएको उमेर समूहका नागरिकलाई आफूलाई पायक पर्ने ठाउँमा खोप लिन पाउने व्यवस्था गरेको छ,” शाक्यले भने, ‘‘खोप लगाउन त्यही वडाको नागरिक हुनुपर्छ भन्ने छैन । उमेर समूह मिलेपछि महानगरपालिकाले व्यवस्थापन गरेका ३२ वटा मध्ये जुनसुकै केन्द्रबाट खोप पनि लगाउन सकिन्छ ।”Advertisementउनले साथमा उमेर समूह ...
घट्दैछ काेराेना संक्रमण, आज देशभरको अवस्था यस्तो रह्याे

घट्दैछ काेराेना संक्रमण, आज देशभरको अवस्था यस्तो रह्याे

संक्रमण बिरूद्ध सकारात्मकता, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर १३ हजार ७३३ नमूनाको परीक्षण गरिएको थियो । जसमध्येबाट ३ हजार ४७९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।Advertisementस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले टेस्ट पोजेटिभिटी दर २९.८ रहेको छ भने निको हुने दर ८३.५ पुगेको छ । आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको छ । जसमध्ये ८२ हजार ७०३ जना होम आइसोलेसनमा, ६ हजार ५१४ जना संस्थागत आइसोलेसनमा, १ हजार ४४२ जना आईसीयूमा र ३८१ जना  भेन्टिलेटरमा रहेका छन् ।पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन्  । आज सबैभन्दा धेरै काठमाडौंमा ७३१ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २५४ र भक्तपुरमा १४६ जना संक्रमित थपिएका छन् ।उपत्यकाबाहिर सबैभन्दा धेरै मोरङमा २२५ जना संक्रमित थपिएका छन् भने काभ्रेमा १२९ र झापामा ११८ जना संक्...
कोभिड वार्डमा पर्दा पछाडिका यी हिरो, जो गुमनाम रहेरै काम गर्छन्

कोभिड वार्डमा पर्दा पछाडिका यी हिरो, जो गुमनाम रहेरै काम गर्छन्

संक्रमण बिरूद्ध सकारात्मकता, स्वास्थ्य
कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरु प्रायः सबैको नजरमा पर्छन् । झट्ट हेर्दा कोरोना महामारीविरुद्ध उनीहरु प्रमुख योद्धाका रुपमा देखिन्छन् । तर त्यही अस्पतालमा कार्यरत सफाइकर्मी तथा बेडसिट, गाउन, पीपीई धुने काममा दैनिक खटिएका जनशक्ति भने धेरैको नजरबाट ओझेलमा परेका देखिन्छन् ।Advertisementजबकि चिकित्सक, स्वास्थ्यकर्मीले प्रयोग गरेका त्यस्ता सामान धुने, संक्रमित बिरामीले प्रयोग गरेका ‘बेड कभर’ लगायतका वस्तु सफा गर्ने, अस्पतालमा सरसफाइ गर्ने उनीहरु दैनिक कोरोना संक्रमणको जोखिम मोलेर स्वास्थ्यकर्मीजत्तिकै खटिएका हुन्छन् । तर मानिसका नजरमा चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी पर्दा अगाडि देखिन्छन् भने यस्ता सफाइकर्मीहरु सधैँ पर्दा पछाडि रहने गरेका छन् ।कोरोनाभाइरस संक्रमित बिरामीले प्रयोग गरेको गाउन, बेड कभर, सिरानीको...
अमेरिकामा बसेर नेपाल र नेपालीको सेवामा समर्पित सन्तोषको कथा

अमेरिकामा बसेर नेपाल र नेपालीको सेवामा समर्पित सन्तोषको कथा

संक्रमण बिरूद्ध सकारात्मकता
अमेरिकामा तीन प्रकारका 'समाजसेवी' छन्।पहिलो: आफू सिन्को नभाँच्ने तर अरूले गरेको कामलाई आफूले नै गरे जस्तो गरेर दुनियाँलाई झुक्याईरहने। यो वर्गका सेवकहरू आसन र भाषणमा बढी निर्लिप्त हुन्छन्। यिनीहरू पद पाउन जुनसुकै हदसम्म पनि जान्छन्।  यिनीहरूलाई लाग्छ कि सेवा गर्न पद नै चाहिन्छ।  दोस्रो: सानो काम गर्ने तर फेसबुक र अनलाइन मिडियाहरूमा के- के न गरेको जस्तो भ्रम पारेर हल्ला फिँजाईरहने। यो वर्गकालाई झुटो नै सही, तर वाह-वाही अति आवश्यक हुन्छ। आफैंलाई पढ्न लाज लाग्नेगरी आफ्नै तारिफ लेख्न लगाएर समाचारमा यो वर्गका सेवकहरू भद्दा प्रचारमा आउन मन पराइरहन्छन्। यिनीहरूलाई लाग्छ कि, 'स्वप्रचार' नै जीवनको सबैथोक हो।  तेस्रो: यो वर्गका समाजसेवकहरु काममा विश्वास गर्छन्। आसन, भाषण र झुटा आश्वासनबाट यिनी चार कोष टाढा बस्छन्। सस्तो प्रचारलाई 'इग्नोर' गर्दै चुप...
यो कुकुरले पत्ता लगाउन सक्छ कोरोना संक्रमण, अध्ययन भन्छ- पिसिआरभन्दा छिटो र प्रभावकारी

यो कुकुरले पत्ता लगाउन सक्छ कोरोना संक्रमण, अध्ययन भन्छ- पिसिआरभन्दा छिटो र प्रभावकारी

संक्रमण बिरूद्ध सकारात्मकता, समाचार
थाइल्यान्डमा कोरोना परीक्षण गर्न प्रयोग गरिने कुकुरहरू। तस्बिर: न्यूयोर्क टाइम्सएक खास नश्लको कुकुरले सुँघेरै कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन सक्ने अध्ययनले देखाएको छ।ल्याब्रडोर जातको तालिमप्राप्त कुकुरले गरेको कोरोना परीक्षण नतिजा पिसिआर वा एन्टिजेनभन्दा प्रभावकारी पाइएको छ। विभिन्न देशको प्रारम्भिक अध्ययनबाट यस्तो निष्कर्ष निस्केको अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स' ले जनाएको छ।अमेरिका, फ्रान्स, बेलायत, चिली, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, थाइल्यान्ड लगायत थुप्रै देशमा कुकुरबाट कोरोना परीक्षण गराउन थालिएको छ। यसले सार्वजनिक यातायात, रंगशाला लगायत बढी भीडभाड हुने सार्वजनिक स्थलहरूमा कोरोना संक्रमित पहिचान गर्न सजिलो हुने अनुसन्धाता बताउँछन्।पछिल्लोचोटि थाइल्यान्डको बैंककस्थित छुलालोङकोर्न विश्वविद्यालयको भेटेरिनरी विभागले छवटा कुकुरबाट कोरोना परीक्षण गराएको थि...
‘कोरोना मलाई झम्टिन आएको थियो, जाँदा ह्वाँ…ह्वाँ… रोएर गयो’

‘कोरोना मलाई झम्टिन आएको थियो, जाँदा ह्वाँ…ह्वाँ… रोएर गयो’

संक्रमण बिरूद्ध सकारात्मकता, स्वास्थ्य
कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनाभाइरस निकै बलियो रहेको बताएका छन्। उनले आफू संक्रमित भएपछि भोग्नु परेको कठिनाइ र कोरोनामुक्त भएकोबारे मंगलबार फेसबुकमार्फत् जानकारी गराएका हुन्।उनले आफ्नो अनुभव रोचक शैलीमा लेखेका छन्। वैशाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण भएको केहीदिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।'म पहिलो पटक ८ दिन, फेरि दोस्रोपल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो,' उनले आफ्नो फेसबुकमा लेखेका छन्।उनले आफूलाई माया, शुभेक्षा र आशिर्वाद दिने तथा स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने सबैमा कृतज्ञता व्यक्त गरेका छन्। सोही आशिर्वाद आफूलाई लागेको श्रेष्ठले बताए।उनले अमृतमय मायाको बलले कोरोनारूपी विषलाई मज्जाले पचाएको बताएका छन्।...
घट्दै कोरोना संक्रमण दर, विज्ञ भन्छन्-असारदेखि निषेधाज्ञा खुकुलो पार्न सकिन्छ

घट्दै कोरोना संक्रमण दर, विज्ञ भन्छन्-असारदेखि निषेधाज्ञा खुकुलो पार्न सकिन्छ

देश, संक्रमण बिरूद्ध सकारात्मकता, समाचार
नेपालमा पछिल्ला केही दिनमा कोरोनाभाइरसको संक्रमण घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो साताको तथ्यांक हेर्दा नयाँ संक्रमित थपिने क्रम निरन्तर घटेको देखिन्छ। हिजो (शनिबार) १४ हजार ७ सय ५२ जनाको परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भयो। अर्थात ३०.४१ प्रतिशतमा संक्रमण देखियो।अघिल्लो सातासम्म  परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई संक्रमण देखिने गरेको थियो। गत वैशाख २७ गते १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भयो। अर्थात ५०.३५ प्रतिशत मानिसमा संक्रमण देखियो। जुन हालसम्मकै सर्वाधिक संक्रमण दर हो।वैशाख दोस्रो सातादेखि बढ्न थालेको संक्रमण दर महिनाको अन्तिमसम्म आइपुग्दा संक्रमणको स्थिति निकै नै भयावह भयो। उक्त अवधिभर अस्पताल संक्रमितले खचाखच भरिए। अक्सिजनको चरम अभावका कारण कतिले भर्ना पाएनन् र केहीले बाटोमै ज्यान...
विश्वभरका नेपाली एकै साथ मःमः खाएर विश्व किर्तिमान बनाउँदै, उठेको रकम परोपकारी कार्यमा

विश्वभरका नेपाली एकै साथ मःमः खाएर विश्व किर्तिमान बनाउँदै, उठेको रकम परोपकारी कार्यमा

संक्रमण बिरूद्ध सकारात्मकता, समाचार
विश्वभर छरिएका नेपालीलाई यही मे २९ तारिक नेपाली समय अनुसार दिउँसो ४ बजे एकै साथ अनलाइनमा जुममार्फत मःमः खादै विश्व कीर्तिमान कायम गर्नुका साथै परोपकारी कार्यमा जुट्न आब्हान गरिएको छ।सिड्नीबाट सञ्चालिन हुँदै आएको ‘द दिपेश शो’ कार्यक्रमका परिकल्पनाकार तथा प्रस्तोता दिपेश श्रेष्ठका अनुसार विश्वभरका नेपाली एकै साथ जुममार्फत मःमः खाँदै विश्व रेकर्ड राख्ने कार्यक्रमको मनसाय हो।यो कार्यक्रममार्फत हालसम्म नेपालका कोभिड विरामीका लागि करीब १० लाख रूपैयाभन्दा बढी रकम संकलन भइसकेको छ भने सहयोग उठ्ने क्रम जारी छ। यस वाट उठेको रकम क्याप्टेन बिजय लामाको न्यानोपन नामक परोपकारी संस्थालाई सहयोग जाने छ।Advertisementउक्त जुममार्फत अनलाइनमा मःमः खाने कार्यक्रमका लागि इच्छुक व्यक्तिले निःशुल्क रूपमा आफ्नो नाम दर्ता गर्न सक्नेछन्।एकैसाथ भर्चुअल रूपमा खाना खाने...