२०८१ बैशाख ७

समाचार

भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण खारेजी माग

भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण खारेजी माग

देश, राजनीति, समाचार
काठमाडौं । विभिन्न २१ वटा राजनीतिक संगठनहरुले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको आसन्न नेपाल भ्रमण खारेज गर्न नेपाल सरकारसँग माग गरेका छन् ।  २१ दलका तर्फबाट सीपी गजुरेलले आइतबार एक अपिल जारी गर्दै सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको यतिबेलाको नेपाल भ्रमणले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप बढ्ने भन्दै उनको भ्रमण खारेज नगरे आन्दोलन गर्ने बताएका छन् ।  ‘उनको नेपाल भ्रमणले झन् नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप बढ्नेछ । अतः हामी ओली सरकारसँग भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण खारेज गरियोस् भन्ने जोडदार माग गर्दछौं’ गजुरेलले भनेका छन्– ‘यदि सरकारले यो भ्रमण रद्द गरेन भने यसको विरोधमा हामीले शान्तिपूर्ण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेका छौं । हामी सम्पूर्ण देशभक्तहरुलाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गर्दछौं ।’ २१ रा...
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको  मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ११, प्रदेश नम्बर २ मा २९, बागमती प्रदेशमा ५ हजार ३ सय ८४ र गण्डकी प्रदेशमा १ हजार ३१ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा २ सय ८, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा ५५ जना गरी ६ हजार ७ सय ७९ रहेका छन् ।  यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ मा ६ हजार ३ सय २२, प्रदेश नम्बर २ मा १ हजार ७० र बागमती प्रदेशमा १७ हजार ८ सय ३४ जना रहेका छन् । यस्तै गण्डकी प्रदेशमा १ हजार ३ सय ५९, लुम्बिनी प्रदेशमा ६ हजार ६६, कर्णाली प्रदेशमा ७ सय ७० र सुदूरपश्चिम प्रदेशमा ८ सय ६५ गरी देशभरी ३० हजार ९ स ८६ जना होम आइसोलेसनमा रहेका छन् । Advertisement ...
नवनियुक्त राजदूतहरुले लिए शपथ

नवनियुक्त राजदूतहरुले लिए शपथ

देश, राजनीति, समाचार
काठमाडौं । तीन जना नवनियुक्त राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले आइतबार राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । Advertisement सपथग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । साभार: रातोपाटी ...
विभिन्न १० स्थानमा १० आधुनिक शहर निर्माण गरिने

विभिन्न १० स्थानमा १० आधुनिक शहर निर्माण गरिने

देश, राजनीति, समाचार
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न १० आधुनिक शहर निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन् ।  विश्व शहरीकरण दिवसका सन्दर्भमा आज पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत विभिन्न १० स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक र व्यवस्थित शहरीकरण जनताको समृद्धिको सपनासँग जोडिएको विषय भएकाले प्राथमिकता दिइएको बताए । Advertisement राजधानी उपत्यकालाई आधुनिक शहरीकरणसँगै संस्कृति र सभ्यताको सुन्दर बहर बनाउन मन्त्रालयले गुरुयोजना बनाएको बताउँदै मानन्धरले नदी किनार भएर करिडोर निर्माणलाई पनि गति दिइने जनाए ।  सुन्दर शहरका लागि फोहर व्यवस्थापन पहिलो शर्त भएको बताउँदै उनले पचासौँ वर्षका लागि योजनासहित बञ्चरेडाँडामा ल्याण्डफिल्ड सञ्चालनमा आउन लागेको जानकारी पनि दिए । साभार: रातोपाटी ...
किविखेती व्यवसायिक रूपमा आकर्षक बन्दै

किविखेती व्यवसायिक रूपमा आकर्षक बन्दै

देश, समाचार
भोजपुर जिल्लाका कृषक व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु किवीखेतीमा लागेका हुन् ।  एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा किवीखेती हुने गरेको छ । केही कृषकले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसायिकरूपमा नै यसको खेती भइरहेको छ । व्यावसायिकरूपमा नागीका सुरज राईको परिवारले २०० भन्दा बढी बिरुवा लगाएर यसको खेती गरिरहेको छ । मकै फल्ने बारी मासेर पाँच वर्ष अघिबाट किवीको व्यावसायिक खेती भइरहेको कृषक राईले बताए ।  रोपेको दुई वर्षबाट केही उत्पादन दिन थालेकामा यस वर्षबाट भने उत्पादन दोब्बर भएको राईको भनाइ छ । उनले भने, “किवीले हाल आएर राम्रो उत्पादन दिन था...
धरानको पहिचान र गरिब को घडी : घण्टाघर

धरानको पहिचान र गरिब को घडी : घण्टाघर

देश, समाचार
फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाई झन् आकर्षक बनाएको छ । लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको छ । हङकङमा रहेका घण्टाघरको डिजाइनमा बनेको घण्टाघर आजभोलि धरानको पहिचान बनेको छ । यो  घण्टाघर विसं २०६२ पुस २० गतेदेखि औपचारिकरूपमा पर्यटकलाई प्रवेश खुला गरिएको हो । हङकङमा बसोबास गरिरहेका धराने र धरानवासीको यसमा लगानी छ । यो निर्माणका लागि पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बाले अगुवाइ गरेका थिए । उनकै अध्यक्षतामा व्यवस्थापन समिति बनाएर हाल व्यवस्थाप गरिँदै आएको छ । यहाँभित्रको बगैँचा, भूकम्प स्मारक उद्यान आन्तरिक तथा बाह्य पर्यटकलाई अलमलिने, फोटो खिच्ने, आराम गर्ने गन्तव्य बनेको छ । घण्टाघरको विशेषता यति मात्र होइन । पर्यटकका लागि घुम्ने स्थान हो भने घण्टाघर नाडीमा घडी नहुने र साथम...
कोरोनाले गर्दा भक्तपुरमा यो वर्ष ईट्टा उत्पादन नहुने

कोरोनाले गर्दा भक्तपुरमा यो वर्ष ईट्टा उत्पादन नहुने

देश, समाचार
भक्तपुर । भक्तपुरका ईटा व्यवसायीहरुले नयाँ ईट्टा उत्पादन नगर्ने भएका छन् । कोरोना भाइरस त्रास कायमै रहेकाले कामदार ल्याउन समस्या भएको हुनाले यस वर्ष भक्तपुरमा नयाँ ईट्टा उत्पादन नहुने भएको हो ।  भक्तपुर ईट्टा व्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बाकाअनुसार स्थानीय सरकार र व्यवसायीहरुको भावनालाई मध्यनजर गर्दै यो वर्ष उद्योग सञ्चालन नगर्ने छलफल भएको हो । तर, यस वर्ष नयाँ ईट्टा उत्पादन नभएपनि गतसालको ईट्टा बजारमा पर्याप्त भएकाले अभाव नहुने र मूल्य पनि नबढ्ने अध्यक्ष हेम्बाको भनाई छ । विगतका वर्ष धान काट्न सकेपछि भक्तपुरमा ईट्टा भट्टाको सिजन सुरु हुने गर्दथ्यो । तर, यस वर्ष भने कोरोना महामारीका कारण नयाँ ईट्टा उत्पादन नहुने व्यसायीहरु बताउँछन् । ईट्टा व्यवसायी संघ भक्तपुरकाअनुसार चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा गरेर ६४ ईटा भट्टाहरु सञ्चालनमा रहेका छन् । तिहार सकिएपछि सुरु ह...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु : पाल्पा

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु : पाल्पा

देश, समाचार, सामाजिक
पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –३ सिरुखर्कस्थित पाल्पा –गुल्मी पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन –१४ अर्गलीका मोटरसाइकल चालक ३९ वर्षीय हरिप्रसाद ज्ञवालीको मृत्यु भएको हो । Advertisement जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेनदेखि रिडी, गुल्मीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्बरको मोटरसाइकल मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते भएका ज्ञवालीको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको थियो ।   मोटरसाइकल पछाडि सवार घाइते गुल्मी, ग्वादी गाउँपालिका –४ बस्ने ४३ वर्षीय अनिल ज्ञवाली भने लुम्बिनी मेडिकल कलेजमा उपचारपछि घर फर्केको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
एक महिना भित्र फोहोर व्यवस्थापन गर्नु : बञ्चरेडाँडामा डम्पिङ साइट

एक महिना भित्र फोहोर व्यवस्थापन गर्नु : बञ्चरेडाँडामा डम्पिङ साइट

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम सकाउन निर्देशन दिएका छन् । उनले कुनै पनि बहानामा आलटाल नगरी दीर्घकालसम्म फोहोर बिसर्जन गर्न मिल्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे । सो स्थलको शुक्रबार निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई कामको जिम्मेवारी पाएको लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले आगामी मङ्सिर १ गतेदेखि काठमाडौँ र ललितपुरको फोहोर बिसर्जन गर्न मिल्ने गरी काम भइरहेको अवगत गराएका थिए ।  Advertisement कूल एक हजार ७ सय ९२ रोपनी जग्गा रहेको सो क्षेत्रमा अहिलेसम्म ल्याण्डफिल साइड जाने बाटोको निर्माण, डाँडा कटान, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण र दुईवटा भवन निर्माण सम्पन्न भएका छन् । अब फोहोर बिसर्जन गर्न...
काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित , कुन जिल्लामा कति सक्रिय संक्रमित ?

काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित , कुन जिल्लामा कति सक्रिय संक्रमित ?

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १३५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । संक्रमितमा ५६९ महिलार ७८८ पुरुष रहेका छन् ।  यससँगै काठमाडौंमा संक्रमितको संख्या ६१ हजार ८५५ पुगेको छ भने भक्तपुरमा ५ हजार ६९९ र ललितपुरमा ८ हजार ७९४ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा देशभर भने २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।  Advertisement यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् । यसैष्गरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३...