२०८१ बैशाख १३

विदेश / एन.आर.एन

हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी : ७ को मृत्यु

हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी : ७ को मृत्यु

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी हुँदा ९ वर्षीय बच्चासहित ७ जनाको मृत्यु भएको छ । मृतकमा अधिकांश नेपाली रहेको  साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । अपार्टमेन्टको फ्ल्याटमा सञ्चालित सो रेस्टुरेन्टमा आइतबार बर्डथे मनाउनका लागि मानिसहरु भेला भएको र एकाएक मध्यरातमा आगलागी हुन पुगेको समाचारमा जनाइएको छ ।  Advertisement अधिकारीहरुका अनुसार स्थानीय यउ माउ तेइमा भएको आगलागीमा परी मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् भने मृतकमा ९ वर्षीय बच्चादेखि ४० वर्ष उमेरसम्मका रहेका छन् । घटनामा ९ जना घाइते भएको र त्यसमध्ये २ को अवस्था गम्भीर रहेको छ । यो आगलागीको घटना हङकङको एक दशकयताकै सबैभन्दा ठूलो भएको समाचारमा जनाइएको छ ।  प्रहरी स्रोतलाई उदृत गर्दै साउथ चाइना मोर्निङ पोस्टले लेखेको छ, ‘फ्ल्याटमा नेपाली रेस्टुरेन्ट सञ्चालन गरिँदै आएको थि...
सीमा विवादबारे चिनियाँ विदेश मन्त्रालयमा बाद विवाद

सीमा विवादबारे चिनियाँ विदेश मन्त्रालयमा बाद विवाद

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
१८ कात्तिक, काठमाडौं । हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको खबर असोज पहिलो साता सार्वजनिक भएपछि बेइजिङभन्दा पहिले नेपाल सरकार बोल्यो । र, चीनले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्टीकरण दियो । काठमाडौंस्थित चिनियाँ दूताबासले पनि हुम्लामा नेपाली भूमि नमिचेको बतायो । तर सीमा विवादको बहस रोकिएन । प्रमुख विपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई स्थलगत अध्ययनमा पठायो र चिनियाँ पक्षबाट सीमा मिचिएको प्रतिवेदन सार्वजनिक गर्‍यो । त्यही प्रतिवेदनलाई टेकेर बेलायती पत्रिका दि डेल्ली टेलिग्राफले मंगलबार ‘एक्सक्लुसिभ’ भन्दै चीनले सेना पठाएर नेपाली भूभाग अतिक्रमण गरेको समाचार प्रकाशित गर्‍यो । त्यही समाचारमा आधारित भएर विश्वका अन्य सञ्चारमाध्यमले पनि सीमा मिचेको समाचार प्रकाशित गरेपछि चीन निकै क्रुद्ध बनेको छ । र, नेपालबारे कमै प्रश्न उठ्ने...
भारतीय जासूसी संस्था ‘रअ’ का प्रमुख सामन्थ गोयल नेपाल भ्रमणमा

भारतीय जासूसी संस्था ‘रअ’ का प्रमुख सामन्थ गोयल नेपाल भ्रमणमा

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
काठमाडौं । भारतीय जासूसी संस्था रिसर्च एन्ड एनालाईसिस विङ्स  (रअ) का प्रमुख  सामन्थ गोयल नेपाल भ्रमण आएका छन् । गोयल नेपाल आएको जानकारी उच्च स्रोतबाट रातोपाटीलाई प्राप्त भएको छ । यद्यपि, उनी के प्रयोजनका लागि नेपाल आएका हुन् भन्ने खुलेको छैन । भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण तय भइसकेको अवस्थामा ‘रअ’ का प्रमुख नेपालको भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  Advertisement उनी चार्टर विमानमा काठमाडौं आएको श्रोतको दाबी छ । आज साँझ काठमाडौंमा महत्वपूर्ण भेटघाट गरी उनी बिहीबार भारत फर्किने बुझिएको छ । ...
अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का

विदेश / एन.आर.एन, समाचार, सामाजिक
साभार: रातोपाटी एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल रहेको त्यहाँको नेशनल सेन्टर फर सिस्मोलोजीले (एनसीएस) ले जानकारी दिएको छ । Advertisement भूकम्पले के कति क्षति भयो भन्ने बारे केही जानकारी आइसकेको छैन् । भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दुकुश क्षेत्र रहेको जनाइएको छ । ५.२ रेक्टर स्केलमाथिका भूकम्पका झड्का निकै शक्तिशाली हुने मानिन्छ ।   ...
अस्पतालबाट डिस्चार्ज भए ट्रम्प, चाँडै चुनावी अभियानमा फर्कने वाचा

अस्पतालबाट डिस्चार्ज भए ट्रम्प, चाँडै चुनावी अभियानमा फर्कने वाचा

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
साभार: रातोपाटी कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएको तीन दिनपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने बित्तिकै उनले चाँडै चुनावी अभियानमा फर्कने वाचासमेत गरेका छन् । अस्पतालबाट डस्चार्ज भए पनि ह्वाइट हाउसमा उनको कोडिभको उपचार जारी रहनेछ । अस्पतालबाट मरिन वान हेलिकप्टरमा उनी ह्वाइट हाउस पुगेका थिए । ‘म निकै राम्रो महसुस गरिरहेको छु,’ ट्रम्पले यसअघि ट्वीट गरेका थिए, ‘कोभिडसँग नडराऊ । यसलाई तिम्रो जीवनमा हावी हुन नदेऊ ।’ अमेरिकामा ७४ लाखभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ भने २ लाख १० हजारभन्दा बढीको ज्यान गइसकेको छ । Advertisement डाक्टर तथा ह्वाइट हाउसबाट परस्पर विरोधी वक्तव्य आएपछि ट्रम्पको स्वास्थ्य अवस्थामा बारे अझै अन्यौलता रहेको छ । त्यस्तै, ह्वाइट हाउसमा संक्रमणको फ...
नेपालसहित ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्ष बढीको भिसा नदिने अमेरिकाको प्रस्ताव

नेपालसहित ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्ष बढीको भिसा नदिने अमेरिकाको प्रस्ताव

राजनीति, विदेश / एन.आर.एन, शिक्षा, समाचार
साभार: सेतोपाटी अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानुन ल्याउने प्रस्ताव तयार पारेको छ। त्यहाँको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको जानकारी दिएको हो। विभागले एफ, जे र आइ प्रकारको गैरआवसीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव ल्याएको हो। अहिले  विदेशी विद्यार्थीलाई अमेरिकामा पढाइ नसकेसम्म भिसा दिने गरिन्छ।   प्रस्तावित कानुनले ठगी कम गर्ने, राष्ट्रिय सुरक्षा बढाउने विभागको विज्ञप्तिमा उल्लेख छ। Advertisement भक्स डटकमका अनुसार विभागले विशेष गरी आतंकवादलाई प्रायोजन गर्ने राष्ट्र इरान, सिरिया, सुडान, उत्तर कोरिया र भिसा अवधि सकिएपछि पनि १० प्रतिशत बढी विद्यार्थी अमेरिकामै बस्ने म...
भारतको संसदमा नेपालसँगको सम्वन्धबारे चर्काे बहस

भारतको संसदमा नेपालसँगको सम्वन्धबारे चर्काे बहस

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
Credit: OnlineKhabar ८ असोज, काठमाडौं । छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न नसकेको भनी यतिबेला भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको तीव्र आलोचना भइरहेको छ । प्रतिपक्ष इन्डियन नेसनल कंग्रेस, मिडिया र त्यहाँका प्राज्ञिक वर्गले मोदी नेतृत्वको सरकार छिमेक नीतिमा असफल भएको बताइरहेका छन् । पछिल्लोपटक भारतको छिमेकी नीतिको विषयले त्यहाँको दुवै संसद लोकसभा र राज्य सभामा समेत उच्च प्राथमिकता पाएको छ । कोरोनाका कारण सिर्जित समस्यालाई दृष्टिगत गरी छोटो समयका लागि बोलाइएको संसदका दुवै बैठकमा पछिल्लो एक सातायता मोदी सरकारको नेपाललगायत अन्य मुलुकसँग बिग्रदो सम्बन्धबारे गर्मागर्मी बहस भइरहेको छ । Advertisement मंगलबार राज्यसभाको बैठकमा भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनलाई नेपाल र चीनको बीचमा पछिल्ला वर्षहरुमा भएका व्यापार र वाणिज्य सम्बन्धी सन्धि सम्झौ...
‘विदेशमा यो साता ४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि’

‘विदेशमा यो साता ४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि’

देश, विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको मृत्यु भएको यो साता पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिंह राजपुतले जानकारी दिएको समितिले जनाएको छ । यसका साथै यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाल...
सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत

सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत

राजनीति, विदेश / एन.आर.एन, समाचार
साभार: रातोपाटी भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनावलाई कम गर्ने सहमति गरेका छन् । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो । ‘सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको हितमा नरहेको’ मा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी सहमत रहेको बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ । त्यस्तै, दुवै देशले सीमाबारे गरिएका सहमति र नियमलाई पालना गर्दै सीमामा शान्ति कायम गर्ने र स्थितिलाई तनावपूर्ण बनाउने कुनै पनि काम नगर्ने पनि सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले आयोजना गरेको सांघाई कोओपरेसन अर्गनाइजेसन समिटको साइडलाइनमा दुई नेताबीच छलफल भएको थियो । लाइन अफ एक्चुअल कन्ट्रो (एलएसी) भनिने ३ हजार ४८८ किलोमिटर लामो सीमा क्षेत्रमा भारत र चीनले गत मे महिनादेखि सैन्य उपस्थिति बढाउँदै आएको छ । तनाव बढ्दै गएपछि ...
जनवरीसम्म खोल्न नपाइने भएपछि केन्याका बोर्डिङ स्कुलले क्लासभित्र पाल्न थाले कुखुरा, खेल मैदानमा लगाए तरकारी

जनवरीसम्म खोल्न नपाइने भएपछि केन्याका बोर्डिङ स्कुलले क्लासभित्र पाल्न थाले कुखुरा, खेल मैदानमा लगाए तरकारी

राजनीति, विदेश / एन.आर.एन, समाचार
साभार: सेतोपाटी विश्वमा कोरोना भाइरसको महामारी फैलिएको ६ महिना बितिसकेको छ। चीन हुँदै विश्वभरि फैलिएको महामारीले व्यापार, यातायात, पर्यटनलगायत सम्पूर्ण क्षेत्रमा असर गर्‍यो। सबैभन्दा बढी  असर परेका क्षेत्रमध्ये शिक्षा पनि एक हो। संक्रमण फैलिन सुरू हुनासाथ विभिन्न मुलुकले विद्यालय बन्द गरे।  छ महिनादेखि बन्द रहेका विद्यायल अझै खुलेका छैनन्। केही देशले विस्तारै विद्यालय खुलाउन थाले पनि कतिपयले आगामी जनवरीसम्मै विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। अरू राष्ट्रजस्तै पूर्वी अफ्रिकी मुलुक केन्यामा पनि कोरोनाभाइरसको संक्रमण फैलिएको छ। कोरोना नियन्त्रणका लागि केन्यामा पनि धेरैजसो क्षेत्रहरू बन्द गरिएका छन्। सरकारले विद्यालय भने जनवरीसम्म बन्द गर्न भनेको छ। लगातारको बन्दले त्यहाँका निजी विद्यालयका लगानीकर्ता र शिक्षक कर्मचारी आर्थिक समस्यामा परेका छन्। कोरोना आ...