


नजिकिदै गरेको एस.ई.ई परीक्षालाई मध्यनजर राख्दै, ई – शिक्षालय फाउन्डेसन द्वारा सफल एस.ई.ई Initiative को सुरुवात गरिएको छ।
यस कार्यक्रम अन्तर्गत दुर्गम, निम्न आयसोर्त तथा सामुदायिक विद्यालय मा पढ्ने १०००० विद्यार्थीहरू लाई निःशुल्क अनलाइन कक्षा तथा संपूर्ण आवश्यक सामाग्री प्रदान गरिने छ।
यही सामाजिक कार्यमा ऊर्जा थप्दै, ए एफ टी आई कर्पोरेशनले ५०० विद्यार्थीको खर्च बराबर रकम कोषलाई दान गरेको छ।
दाताको इक्षा अनुरूप, ई शिक्षालय फाउन्डेसनले बर्दिया जिल्लाका ५०० विधार्थीलाई यो सुविधा उपलब्ध गराउने भएको छ।
प्रविधिको उपयोगले अति दुर्गम क्षेत्रमा पनि शिक्षा प्रदान गर्न सकिने फाउन्डेसनको विश्वास छ। सबै विद्यार्थीले आफ्नो निजी फोन बाट सुविधा लिन सक्ने छन्। निजी फोन नभएको खण्डमा वडा कार्यालयको समन्वयमा प्रोजेक्टर लगाइ सामुदायिक चौर वा कक्षामा सुविधा प्रदान गरिने छ।
जाँचको डर र पूर्ण तैयारी गर्न ऋण सापट गरेर भएपनि झण्डै ७ करोड खर्च गर्ने विद्यार्थीहरू अब निःशुल्क र दाताको सहयोग बाट शैक्षिक सुविधा लिन पाउँदा अति उत्साहित छन्।
EShikshalaya Foundation – EShikshalaya Foundation Safal SEE Initiave – EShikshalaya –


